जनकपुरधाममै अन्तर्राट्रिय स्तरको पढाइ

२०८० फाल्गुन २१, सोमबार १८:३९
पिजीदेखि कक्षा पाँचसम्म अध्ययनअध्यापन गराइने जनकपुरधामको मिल्सएरियास्थित विजडम ट्री इन्टरनेसनल स्कुल । तस्बिर : विजडम ट्री इन्टरनेसनल स्कुल

टोलपडोस समाचारदाता
जनकपुरधाम, २१ फागुन ।
सँख्यात्मक रूपमा निजी विद्यालयहरू अत्यधिक भए पनि गुणस्तरीय र अब्बल शिक्षण संस्थाको अभाव महसुस गरिएका बेला जनकपुरधाममा विजडम ट्री इन्टरनेसनल स्कुल सञ्चालनमा आएको छ ।

नेपाल सरकारबाट स्वीकृत तथा अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेका पाठ्यक्रम एवम् शिक्षण विधिका आधारमा पठनपाठन गराइने मिल्सएरियास्थित सो विद्यालयमा अहिले पिजीदेखि कक्षा पाँचसम्म अध्ययनअध्यापन गराइने भएको छ ।

विद्यालयमा प्रत्येक वर्ष कक्षोन्नति हुने विद्यालयका व्यवस्थापक लव झाले बताए ।

विद्यालयका प्रबन्ध निर्देशक गौतम अग्रवालका अनुसार शिक्षण विधि र उत्साहित शिक्षक, सिकाइका विषयवस्तु र वातावरण, उपयुक्त भौतिक तथा वित्तीय व्यवस्थापन, विद्यार्थीको अवस्था र विद्यालयमा नवीन अभ्यास तथा नेतृत्व विकासका कार्यक्रमसहित गुणस्तरीय शिक्षाको अवधारणाअनुरूप विद्यालय सञ्चालन गरिएको छ ।

उनले अहिले शिक्षकले पढाएका कुरा विद्यार्थीले घोक्ने स्थितिका कारण परीक्षामा अंक ल्याए पनि सिक्न नपाएको गुनासा आउनेगरेको भन्दै विजडम ट्रीमा शिक्षकहरूले आफ्ना अनुभव, ज्ञान, सीप र विद्यार्थीका रुचिका आधारमा पठनपाठन गराउने जानकारी दिए ।

अध्ययन गर्नुपर्ने विषयवस्तु, विद्यार्थीको रुचि र आवश्यक्ताअनुसार पठनपाठनका लागि विद्यालयमा स्वच्छ, स्वस्थ र सुरक्षित वातावरण आफूहरूको विशेष प्राथमिकता रहेको प्रबन्ध निर्देशक गौतमको कथन छ ।

सरकारले तोकेको मापदण्डअनुरूप विद्यार्थीमैत्री भौतिक संरचना रहेको विद्यालयमा विद्यार्थीका लागि गुणबद्र्धक तथा परिणाममुखी समय व्यतीत गर्ने संयन्त्र र व्यवस्था गरिएको विद्यालयका प्रिन्सिपिल टिजो जोन्सनले बताए । विद्यालयका प्रिन्सिपिल जोन्सन भारतको केरलाका हुन् । जोन्सन भारतका अन्तर्राष्ट्रिय शिक्षण संस्थामा अध्यापन तथा व्यवस्थापनसम्बन्धी अनुभवप्राप्त व्यक्ति हुन् ।

विद्यालयका व्यवस्थापक झाले विद्यालयमा जरुरी नवीन विषयबारे जानकारी तथा त्यसबारे अपडेटहरू साझा गराई विद्यार्थीमा सिकाइको असल संस्कार बसाउने कार्य हुने उल्लेख गरे ।

विद्यालयले चालू शैक्षिक सत्रमा सीमित सँख्यामा विद्यार्थी भर्ना लिनेछ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH