बारामा मृत अवस्थामा फेला पर्यो ‘बुढो’ बाघ

२०८० फाल्गुन २२, मंगलवार २०:३७
बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार मृत अवस्थामा फेला परेको दुर्लभ पाटेबाघ । तस्बिर : न्युज कारखाना

सुरुचि भण्डारी/न्युज कारखाना
बारा, २२ फागुन ।
बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।

कछडिया सामुदायिक वनछेउको बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको छ ।

मंगलबार बिहान स्थानीयले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख एवम् वन अधिकृत सुरेश भगतले जानकारी दिए ।

हेर्दा चार–पाँच दिन अगाडि नै मरेको देखिन्छ । पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ ।

योसँगै पछिल्लो एक महिनामा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH