अचानक फेसबुक आइडी लगआउट
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ फागुन ।
सामाजिक सञ्जाल फेसबुक प्रयोग एक्कासि अवरुद्ध भएको छ । मंगलबार साँझ फेसबुक प्रयोगकर्ताको आइडी आफसेआफ लगआउट भएको छ ।
फेसबुक आइडी अचानक लगआउट भएको फेसबुक प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।
यस्ता गुनासा विश्वभरिबाट आइरहेका छन् । तर, फेसबुकमा आएको समस्याबारे आधिकारिक जानकारी कुनै पनि प्लेटफर्मबाट सम्बन्धित संस्थाले साझा गरेको छैन ।