फेसबुक भयो सुचारु
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ फागुन ।
सामाजिक सञ्जाल फेसबुक सुचारु भएको छ । मंगलबार साँझ फेसबुक आइडी अचानक लगआउड भई यसको प्रयोग अवरुद्ध भएको थियो ।
फेसबुक आइडी अचानक लगआउट भएको फेसबुक प्रयोगकर्ताहरूले गुनासो गरेका थिए । यस्ता गुनासा विश्वभरिबाट आए । तर, फेसबुकमा आएको समस्या र समाधानबारे आधिकारिक जानकारी अझै आधिकारिक प्लेटफर्मबाट उपलब्ध गराइएको छैन ।