काँग्रेसले गठबन्धनका लागि थाल्यो संवाद
एजेन्सी
काठमाडौँ, २३ फागुन ।
सत्ताबाट बाहिरिएका नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन परामर्श थालेको छ ।
बुधबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षहरूसँग वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल गरेका हुन् ।
कांग्रेसका नेताहरूले गठबन्धन बनाएर सहकार्य गर्नका लागि राप्रपासँग समेत संवाद गरिरहेका छन् ।
बैठकमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा नेता, नेता शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।