काँग्रेसलाई रिबिल्ड, रिस्टार्ट र रिस्ट्रेन्थन गरौँ : काँग्रेस महामन्त्री थापा

२०८० फाल्गुन २३, बुधबार १८:५९
नेपाली काँग्रेसका महामन्त्री गगन थापा । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, २३ फागनु । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन्।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन्।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन। आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने।

महामन्त्री थापाले भिडियो राखिएको फेसबुक पोस्टमा भलेखेका छन्, ‘कुनै अलमलमा नपरौँ। धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै । त्यसैले अब कांग्रेसलाई रिबिल्ड, रिस्टार्ट र रिस्ट्रेन्थन गरौँ।’

-न्युज कारखाना

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH