सरकारको ताजा सूचीमा दुई हजार छ सय ७४ सहिद
न्युज कारखाना
काठमाडौं, २५ फागुन ।
पुष्पकमल दाहल नेतृत्वको मौजुदा सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले शुक्रबार सहिदको ताजा सूची सार्वजनिक गरेको हो ।
राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरिएको हो ।
गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।