प्रभु साहको मौलापुरमा गोविन्दाको नाचगान
अनिल यादव/टोलपडोस
रौतहट, २५ फागुन ।
जिल्लाको मौलापुरमा आज शुक्रबारदेखि मधानी महोत्सव सुरु भएको छ ।
महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले कार्यक्रम प्रस्तुत गरेका छन् । नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरू पनि यो महोत्सवमा सहभागी छन् ।
मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन् ।
उनको प्रस्तुति हेर्न हजारौँको सँख्यामा रौतहटलगायतका जिल्लाहरूबाट दर्शक मौलापुरमा आएका थिए ।
कार्यक्रममा अभिनेता गोविन्दाले नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले नेपाल र नेपाली दर्शकको माया आफूले सदैव पाएको बताए ।