लेकमा होइन, मधेशको फाँटमा भेँडापालनबाट राम्रो आम्दानी

२०८० फाल्गुन ३०, बुधबार २३:५९
धनुषाको हँसपुर नगरपालिका–३ का भेँडापालक रामकिशोर राउत आफ्नो भेँडीगोठ अगाडि । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३इ फागुन ।
धनुषाको हँसपुर नगरपालिका–३ का रामकिशोर राउतको भेँडीगोठमा दुई सयभन्दा बढी लामपुच्छरे भेँडा छन् । भेँडापालन राउतको पुख्र्योली पेसा हो ।

लेकडाँडामा भेँडा चराउन कथा सुन्नेहरूका लागि जिब्रो टोक्नुपर्ने हुन्छ कि राउतले पालेका भेँडाहरूको चरण गर्ने थलो गाउँ वरपरका चौरीचाँचर नै हो । भेँडाको पोषण तिनै खेतबारीनजिकका फाँटमा चरेर हुनेगर्छ । अलिक बढी नै दुब्लाउँदा राउतले कहिलेकाँहि भेँडाका लागि गोठमै खानेकुराको व्यवस्था गर्छन् ।

सानो छँदा भेँडाबाट उन निकालेर चर्खा काटी धुनिवरी कम्बल बुन्ने गरिएको राउत सम्झन्छन् । ‘तर, अहिले उन निकाल्नु परे पनि घरआँगनमै थन्किन्छ । बिक्री हुँदैन । कम्बल बुन्ने चाहनेहरू पनि छैनन्,’ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा.सञ्जीव ठाकुरलाई राउतले भने ।

ठूला भेँडा  ४५ देखि ५० हजार रुपैयाँ र एक महिनाभन्दा बढी उमेरका पाठापाठी १४–१५ हजार रुपैयाँमा बिक्री हुनेगरेको राउतको भनाइ छ ।

भेँडापालनसम्बन्धी कुनै पनि तालिम नलिएका राउतले यसै पेसाबाट राम्रो आम्दानी गर्छन् । उनले भने, ‘सप्रियो भने वर्षमा चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH