सांसद अन्सारीको निधनमा मुख्यमन्त्री यादवद्वारा शोक व्यक्त

२०८० चैत्र ४, आईतवार १४:०९

टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ चैत ।
जसपा नेतालकी नेता एवम् प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनप्रतिम मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शोक तथा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्तिमार्फत मुख्यमन्त्री यादवले आइतबार हृदयघातबाट भएको अन्सारीको आकस्मिक निधनबाट आफू मर्माहत भएको भन्दै मधेशले जुझारु अधिकारकर्मी र देशले कुशल नेतृ गुमाएको जनाएका छन् ।

विज्ञप्तिमा मुख्यमन्त्री यादवले २०६२ । २०६३ को आन्दोलनलगायत न्याय र समानताका लागि भएको मधेश आन्दोलनमा सक्रिय योगदान पुर्याएकी अन्सारीको निधनलाई अपुरणीय क्षति भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले लेखेका छन्, ‘उहाँको अवसानबाट मधेशले मधेश जागरणका लागि सङ्घर्षको एक कुशल योद्धा गुमाएको छ ।’
सांसद शर्मा अन्सारीको उपचारका क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH