सिरहामा फेरि पनि गोलिया काठ बरामद

२०८० चैत्र ५, सोमबार ०१:५६
सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर १ महनौर चोकबाट बरामद गोलिया काठ र ओसापसारका लागि प्रयोग भएको ट्याक्टर । तस्बिर : डिभिजन वन कार्यालय, सिरहा

टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
सबडिभिजन वन कार्यालय गोलबजारको गश्ती टोलीले सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर १ महनौर चोकबाट अवैध रूपमा ओसारिँदै गरेको १६ वटा गोलिया काठ बरामद गरेको छ ।

सबडिभिजन वन कार्यालय गोलबजारका वन अधिकृत मनोजकुमार कर्ण नेतृत्वको टोलीले आइतबार बिनापूर्जी वा प्रमाण ओसारिँदै गरेको सिमल प्रजातिका गोलिया काठसँगै ओसारपसारका लागि प्रयोग भएको एक ट्याक्टर र त्यसका चालकसमेतलाई नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको सहयोगमा सो कारबाही गरिएको डिभिजन वन कार्यालय सिरहाका प्रमुख एवम् डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH