रक्सीको लतले जावेदको पहिलो बिहा टिकेन

२०८० चैत्र ५, सोमबार ०२:३२
गीतकार तथा पटकथा लेखक जावेद अख्तर ।

जावेद अख्तर बलिउडका सबैभन्दा चर्चित गीतकार र पटकथा लेखकमध्ये एक हुन् । उनले लेखेका धेरैजसो गीत आज पनि धेरैले गुनगुनाउँछन् । यसका अतिरिक्त उनले सलीम खानसँग लेखेका आफ्ना पटकथाका कारण पनि भारतमा लोकप्रिय छन् ।

शबाना आजमीसँग बिहा गर्नुअघि उनले पटकथा लेखिका हनी ईरानीसँग प्रणयसुत्रमा बाँधिएका थिए । हनीसँग उनका दुई बच्चा छन् । फरहान अख्तर र जोया अख्तर ।

केही दिनअघि उनले आफ्नो व्यक्तिगत जीवनका विषयमा आश्चर्यचकित पार्ने एउटा प्रसङ्गबारे खुलासा गरेका छन् । उनले एउटा अन्तर्वार्ताका क्रममा स्वीकार गरे कि रक्सीको लतका कारण उनको पहिलो बिहा विफल भएको थियो ।

त्यस अन्तर्वार्तामा जावेदले सम्झिँदै भने, “यदि म संयमताले काम लिएको भए र जिम्मेदार व्यक्ति भएको भए हनी ईरानीसँग मेरो सम्बन्धविच्छेद हुँदैन्थ्यो ।”

रक्सीको लतका बारेमा उनले भने, “यो (रक्सी ) स्वास्थ्यका लागि थोरै पनि ठीक छैन । यसबाट धेरै किसिमका समस्या उत्पन्न हुन्छन् । मलाई विश्वास छ कि म एक शान्त र अधिक जिम्मेदार व्यक्ति भएको भए सायद कहानी फरक हुन्थ्यो ।”

हनीको प्रशंसा गर्दै उनले भने कि उनी एउटी अद्भुत मानिस हुन् । मेरो मनमा उनका लागि धेरै सम्मान छ र यही कारण हो कि आज पनि हामी राम्रो साथी छौँ ।”

स्क्रिप्ट तथा फोटो : एजेन्सी

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH