सशस्त्र प्रहरीद्वारा अवैध लत्ताकपडा बरामद

२०८० चैत्र ५, सोमबार १४:१२
सशस्त्र प्रहरीले धनुषामा बरामद गरेको भन्सार छलीका ७ लाखं रुपैयाँबराबरको अवैध लत्ताकपडा । तस्बिर : विपिन

विपिन यादव/टोलपडोस
जनकपुरधाम, ५ चैत ।
धनुषामा सशस्त्र प्रहरीले ७ लाखं रुपैयाँबराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं. गण तथा मातहतबाट खटिएका टोलीले धनुषाका विभिन्न स्थानबाट ७ लाख रुपैयाँबराबरका लत्ताकपडा र स्याउलगायत सामग्री बरामद गरेका हुन् ।

भारतबाट भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी टोलीले सो सामग्री बरामद गरेको गणका एसपी दर्शन गिरीले जानकारी दिए ।

बरामद गरिएका कपडाको अन्दाजी मूल्य करिब ७ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ । कपडासँगै प्रहरीले ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद गरिएका कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH