मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, एमालेबाट सरोजले शपथ लिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ चैत ।
सरकार सञ्चालनको विधि र पाउनुपर्ने मन्त्रालयको सँख्या निर्धारणमा नयाँ सत्ता गठबन्धनका दलहरूबीच मतैक्य नहुँदै सोमबार मधेश सरकार पुनर्गठन हुने भएको छ ।
प्रादेशिक राजधानी जनकपुरधाममा सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको आगमन भएलगत्तै कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनको तयारी मुख्यमन्त्री सरोजकुमार यादवले गरेका छन् ।
आज हुने भनिएको प्रदेश मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एमालेका तर्फबाट प्रदेशसभामा पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले मन्त्री पदको शपथ ग्रहण गर्नेछन् । त्यसबारे प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराइसकिएको स्रोतले जनाएको छ ।
‘प्रदेश प्रमुखको कार्यालयबाट खबर आउनेब्त्तििकै अबको केही बेरमा शपथग्रहण हुनेछ,’ स्रोतले भन्यो ।
एमालेबाट सरकारमा स्वास्थ्य तथा जनसँख्या मन्त्रीमा शारदा थापा, शिक्षा तथा संस्कृति मन्त्रीमा शत्रुधनसिँह कोइरी र गृह, सञ्चार तथा कानुन मन्त्रीमा राजकुमार लेखीको नियुक्ति सिफारिस पार्टीले गरेको चर्चामा छ । तर, उनीहरूलाई भने आज शपथग्रहण नगराइने भएको छ ।
गठबन्धनमा सामेल अन्य दलहरूले सरकारकोे नेतृत्व गर्ने विषय र दलहरूलाई दिइने मन्त्रालयको सँख्याबारे स्पस्ट तथा ठोस सहमति भएपछि मात्र सरकार पुनर्गठन हुनुपर्ने अडान लिएका थिए ।
मधेश प्रदेशसभामा नेकपा माओवादीको संसदीय दलका नेता भरतप्रसाद साहले सरकारको नेतृत्व चक्रीय प्रणालीमा गर्दा कुन दल कहिले र कति अवधिसम्मका लागि रहने तथा मन्त्रिपरिषद्मा कुन दलका कतिजना सदस्य सामेल हुने विषयमा निक्र्योल भएरै सरकार पुनर्गठन हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
आज मन्त्री पदको शपथ लिन लागेका एमाले संसदीय दलका नेता सरोजले आफू आजै संघीय राजधानी काठमाडौं जाने र मंगलबार प्रादेशिक राजधानी फिर्ता भएपछि मात्र नयाँ मन्त्रीको शपथग्रहण हुने बताएका थिए ।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मुख्यमन्त्रीसँग उनको सरकारी निवासमा लामो समय छलफल गरिरहेकासरोजले भने पारिवारिक कारणले आज फोन सम्पर्कमा नरहने समेत सामाजिक सञ्जालमार्फत जनाएका थिए ।
आज बिहान मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनबारे अझै छलफल भइरहेको र आजै शपथग्रहण हुनेगरी मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी टोलपडोसलाई दिएका थिए ।