भौतिक पूर्वाधार विकास मन्त्री सरोजलाई थप दुई मन्त्रालय, गृहमा गरे पदबहालीे

२०८० चैत्र ६, मंगलवार १५:२६
जनकपुरधामस्थित मधेश भवनमा गृह, सञ्चार तथा कानुन मन्त्रीको पदबहाली गर्दै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव । सोमबार भौतिक पूर्वाधार विकास मन्त्री बनेका सरोजले स्वास्थ्य तथा जनसँख्या मन्त्रीसमेतको जिम्मेवारी पाएका छन् । तस्बिर सौजन्य : अर्जुन मण्डल ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ चैत ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पदबहाली गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित प्रदेशको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पुगी उनले मन्त्री पदको कार्यभार सम्हालेका हुन् ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार नै भौतिक पूर्वाधार विकास मन्त्री सरोजलाई गृह, सञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसँख्या मन्त्रालय समेतको मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

सोमबार भौतिक पूर्वाधार पूर्वाधार विकास मन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता सरोजले सो पद तथा गोपनीयताको शपथ हिजो नै गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH