कमला पश्चिमी मूलनहरको जलउपभोक्ता समिति अध्यक्षमा श्यामबाबु

२०८० चैत्र ७, बुधबार ०९:५९
कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत पश्चिमी नहर प्रणालीको नवनिर्वाचित जलउपभोक्ता समितिका पदाधिकारी एवम् सदस्यका साथ कार्यालयका प्रमुख एवम् डिभिजनल इन्जिनियर वीरेन्द्रकुमार यादव । तस्बिर : विपिन

विपिन यादव /टोलपडोस

जनकपुरधाम, ७ चैत ।
धनुषाको कमला सिँचाइ व्यवस्थापन कार्यालयअन्र्तगत कमला पश्चिमी मूल नहर जलउपभोक्ता समिति गठन गरिएको छ । कमला पश्चिमी मुल नहर जलउपभोक्ता मूल समिति सर्वसम्मतले चयन गरिएको हो ।

समितिका अध्यक्षमा गणेशमान चारनाथ–९ का श्यामबाबु यादव (कांग्रेस), उपाध्यक्षमा विदेह नपा–५ का संजीवकुमार यादव गोहीवार (नेकपा एस), सचिवमा सबैला नपा–१ का जगदिश यादव (नेकपा एमाले), सहसचिवमा गणेशमान चारनाथ–९ की रामजोतीदेवी यादव (माओवादी) र कोषाध्यक्षमा सहिदनगर नपा–३ का बरुणकुमार यादव (जसपा) सर्वसम्मतले चयन छन् ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख एवम् डिभिजनल इन्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार कमला सिँचाइ पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषियोग्य जग्गामा सिँचाइ सेवा उपलब्ध गराउन १४.५ किलोमिटर मूल नहर चारवटा शाखा नहर र नहरबाट मूल नहरबाट निकालिएका १३ उपशाखा नहर र शाखा नहरबाट निकालिएका ४६ प्रशाखा नहरले सिँचाइ सेवा दिँदै आएको छ ।

यस प्रणालीको दीगो व्यवस्थापन सञ्चालन र प्रणाली मर्मत सुधार एवम् पानी सञ्चालन गरी उपभोक्ता कृषकलाई आवश्यकताका आधारमा सिँचाइ उपलब्ध गराउन ठूला सिँचाइ प्रणालीमा संयुक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोहीअनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण हुँदै आएको छ ।

कमला सिँचाइ व्यवस्थापन कार्यालयले जल उपभोक्ता प्रशाखा/शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापनमा प्रणालीको दीगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवम् व्यवस्थापन गरी उपभोक्ता कृषकलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गराई कृषकको आर्थिक तथा समाजिक अवस्थामा सकारात्मक सुधार गर्ने, स्वरोजगारको विकास, व्यावसायिक कृषि पद्धतिको विकास र प्रणालीको मर्मत सुधार एवम् पानी वितरणमा उपभोक्ताको सहभागिता गराउन जलउपभोक्ता समिति गठन गरिन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH