जनकपुरधाममा मंगलबार हाेली हुन्छ : मेयर साह
टाेलपडाेेस समाचारदाता
जनकपुरधाम, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनाेजकुमार साहले जनकपुरधाममा मंगलबार हाेली मनाइने जानकारी दिएका छन् ।
जनकपुरधाममा हाेलीकाे तिथिमितिबारे विवाद चुलिँदै थप अन्याैल उत्पन्न भएका बेला शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा चैत १३ गते मंगलबार हाेली मनाइने स्पस्ट पारे ।
मध्यमाध्यमिकी परिक्रमापछि हुने अन्तःगृह परिक्रमाको भाेलिपल्ट जनकपुरधाममा हाेली मनाइने परम्परा रहेकाे भन्दै उनले यस परम्परा र अभ्यासलाई अनुकरण गर्दै मंगलबार हाेली मानिने कुरामा दुविधा नभएकाे उल्लेख गरे ।
जनकपुरधामकाे अन्तःगृह परिक्रमा आगामी साेमबार हुनेछ ।
मेयर साहले अन्तःगृह परिक्रमापछि घर फर्कनका लागि समय चाहिने हुँदा त्यसकाे भाेलिपटक जनकपुरधाममा फागु मनाइने गरेकाे खुलाए ।
मेयर साहले दारूमासु खानमात्र हाेली मनाइने दिन सर्न नसक्ने बताए । उनले भने,” रक्सीमासु खानेका सबै दिन हाेली हुन्छ । आज पनि दारूमासु खाएर हाेली मनाउन सकिन्छ । तर, परम्परागत हाेली त मंगलबार नै मानिने हाे ।”