मधेश प्रदेशमा एमालेका चार मन्त्रीले सुटुक्क खाए शपथ

२०८० चैत्र १०, शनिबार १६:३५
नेकपा एमालेका तर्फबाट मधेश प्रदेश सरकारमा नियुक्त भएका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरी र शिक्षा तथा सँस्कृति मन्त्री प्रमोद जायसवाललाई शनिबार शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी । तस्बिर : मुख्यमन्त्रीको सञ्चार सचिवालय

टोलपडोस समाचारदाता
जनकपुरधाम, १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् शनिबार विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री गरी चार सदस्य थप गरेका छन् ।

मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेका प्रदेशसभा सदस्य राजकुमार लेखी, शत्रुधनसिँह कोइरी र प्रमोद जायसवाल मन्त्रीमा तथा केशव रायलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथग्रहण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कोइरीलाई स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अभिभारा सुम्पिएको छ । जायसवाललाई शिक्षा तथा सँस्कृति मन्त्री बनाइएको छ ।

रायलाई स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा राज्यमन्त्री बनाइएको छ ।

यसअघि स्वास्थ्य तथा जनसँख्या तथा गृह, सञ्चार र कानुन मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नै दिइएको थियो ।

मन्त्री बनाउने विषयलाई लिएर नेकपा एमालेभित्रका गुटबीच उत्पन्न विवादका बीच अत्यन्त गोप्य तरिकाले मन्त्रिपरिषद्मा एमाले प्रदेशसभा सदस्यहरूलाई सामेल गराइएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH