१२ वर्षदेखि उभ्याउभ्यै
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ चैत । सानैछँदा बुवाचाहिँले आमामाथि सौता हाले । सौतेली आमाले खानलाउन दिएनन् । अनि उनी २० वर्षको उमेरमा घरवार छाडेर साधुसन्न्यासी बने । उनी अर्थात् रामचन्द्र साह ।
महोत्तरीको लोहारपट्टी–७ खुट्टापिपरारीका साहलाई आफ्नो उमेरबारे यकिन छैन । तर, यसपालिबाट उनले वृद्धभत्ता पाउन थालेको बताए । आफूलाई बाबा ठरेश्वरी भन्न रुचाउने उनी सीमावर्ती भारतीय क्षेत्रमा पर्ने मधुबनी जिल्लाको बेनीपट्टी प्रखण्डस्थित दुराहीचोकमा बसोबास गर्छन् ।
गत १२ वर्षदेखि मचान (झोलुङ्गे) बनाई उभिएर तपगुजारा गरिरहेको बताउने उनी मध्यमाध्यमिकी परिक्रमा सकेर जनकपुर आइपुगेका छन् ।