प्रदेश मन्त्री कोइरीलाई ओलीको मिठाई

२०८० चैत्र २५, आईतवार १४:१५
मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरीलाई आइतबार बालकोटमा मिठाई खुवाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यसेवालाई मधेश प्रदेशमा व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका नेता एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरीलाई निर्देशन दिएका छन् ।

बालकोटस्थित निवासमा भेट्न पुगेका मन्त्री कोइरीलाई अध्यक्ष ओलीले मधेश प्रदेशमा अघिल्लोपटक थोरै समयमात्र सरकारमा पार्टी सहभागी भएकाले काम गर्न नसकेको भन्दै यसपालि सरकारमा अर्थपूर्ण सहभागिता जनाउन निर्देशन दिए ।

उनले भने, ‘मधेश प्रदेशमा एमाले पहिलोपटक स्वास्थ्य तथा जनसँख्या मन्त्रालय पाएको छ । सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक बनाउनेगरी काम गर्नुस् ।’

अध्यक्ष ओलीसँगको भेटमा मन्त्री कोइरीले स्वास्थ्यक्षेत्रमा विद्यमान बेथिति अन्त्य गरेर स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउन आफूले दृढतापूर्वक काम गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH