पोखराबाट काठमाडौं उडेका दुई विमान जनकपुरमा
टोलपडोस समाचारदाता
जनकपुरधाम, २९ चैत । मौसममा आएको खराबीका कारण पोखराबाट काठमाडौंका लागि उडेका दुई जहाज जनकपुर विमानस्थलमा अवतरण गराइएको छ ।
हावाहुरीसहितको भारी बर्खाका कारण काठमाडौंको मौसम प्रतिकूल भएपछि पोखराबाट काठमाडौंका लागि उडेका बुद्ध एयरका दुई विमान डाइभर्ट गरी जनकपुर विमानस्थलमा अवतरण गराइएको बुद्ध एयर जनकपुरका स्टेसन म्यानेजर विजयकुमार सिँहले बताए ।
खराब मौसमकै कारण जनकपुरबाट काठमाडौं विमानस्थलका लागि उड्ने तयारीमा रहेको बुद्ध एयरकै अर्को एक विमान जनकपुर विमानस्थलमै छ ।
बुद्ध एयर जनकपुरका स्टेसन म्यानेजर सिँहले मौसम अनुकूल हुनासाथ सबै विमान काठमाडौंका लागि उड्ने जानकारी दिए ।