नयाँ वर्षमा दीपेन्द्र ऐरीको उपहार, छ बलमा छ छक्का

२०८१ बैशाख २, आईतवार ०७:२६


टोलपडोस टिम
जनकपुरधाम, २ वैशाख । नेपालका विस्फोटक बल्लेबाज दीपेन्द्रसिँह ऐरीले शनिबार राति कतारविरुद्ध एक ओभरमा छवटा छक्का लगाएर अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो गर्ने पाँचौँ बल्लेबाज बनेका छन् । दीपेन्द्रले म्याचको पहिलो पारीको अन्तिम ओभरमा कामरान खानका विरुद्ध यो कारनामा गरेका हुन् ।

दीपेन्द्रले आफ्नो नाबाद पारीमा मात्र २१ बलमा तीन चौका र सात छक्काका साथ ६४ रन बनाएर नेपाललाई २१०र७ स्कोरसम्म पुर्याए् । कतारसँग यो विशाल स्कोरको कुनै जवाफ थिएन र उसले २० ओभरमा १७८ रन मात्र जोड्न सक्यो ।

को हुन् दीपेन्द्रसिँह ऐरी ?

२४ सालका दीपेन्द्रसिँह ऐरी नेपाली क्रिकेटको उदयाचल सूर्यमा एक हुन् । नेपालको सुदूरपश्चिमको डडेल्धुराका दीपेन्द्रले १७ सालको उमेरमा नेपालका लागि वानडे क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २०१७ मा एसीसी अन्डर १९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए ।

यस टुर्नांमेन्टमा ऐरीको सबैभन्दा सम्झनालायक प्रदर्शन भारतविरुद्ध ग्रुप ए म्याचमा भएको थियो जहाँ उनले ८८ रन लिएका थिए भने चार विकेट पनि चटकाएका थिए । डिफेन्डिंग च्याम्पियन भारतले १८६ रनलाई पछ्याउँदै एक विकेटको नोक्सानमा ९१ रन जोडिसकेको थियो जब दीपेन्द्रले गेंदबाजीको मोर्चा सम्हाले । उनको करामती गेंदबाजीका कारण नेपालले भारतलाई १६६ रनमा अलआउट गरी ठूलो उलटफेर गरेको थियो ।

पहिला पनि गरिसकेका छन् यस्तै करामत !

यो पहिलोपटक होइन कि आफ्नो ताबडतोड अन्दाजका लागि महसुर दीपेन्द्रले छ बलमा छ छक्का लगाएको होस् । गत वर्ष चीनको हांग्झोउमा खेलिएको एसियन गेम्समा दीपेन्द्रले मंगोलियाविरुद्ध छ बलमा छ छक्का लगाएका थिए । त्यसबेला उनले यो काम दुई अलगअलग ओभरमा गरेका थिए ।

उनले त्यस म्याचमा १० बलमा ५२ रन जोडेका थिए भने ९ बलमा अद्र्धशतक पुरा गरी सबैभन्दा तेज टी २० फिफ्टी बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए ।

यसका अतिरिक्ति नेपालका १९ वर्षीय युवा प्रतिभावान बल्लेबाज कुशल मल्लले पनि ३४ बलमा सय रन बनाई सबैभन्दा तीव्र टी२० सेंचुरी आफ्नो नाउँ गरेका थिए । कुशल, दीपेन्द्र र अन्य बल्लेबाजका आतिशबाजीका भरमा नेपालले मंगोलियासामु ३१४ रनको विशाल स्टकोर खडा गरेको थियो ।

यो टी२०को पहिलो ३०० प्लस स्कोर थियो । यसको जवाफमा मंगोलिया ४१ रनमा समेटिएको थियो । र, नेपाल टी२० क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जित हासिल गरेको थियो ।

जब दोहोरियो करामत

त्यस दिनजस्तै हिजो पनि दीपेन्द्र आफ्नो बिस्फोटक अन्दाजमा देखिए । नेपालले १९ ओभरमा सात विकेटमा १७४ रन बनाएको थियो । दीपेन्द्र आफैं १५ बलमा २८ रन बनाएर खेलिरहेका थिए । त्यसपछि अन्तिम ओभरमा दीपेन्द्रले ओमानको स्टेडियममा रहेका नेपाली दर्शकलाई एउटा उत्कृष्ट स्मृति सुम्पने निर्णय गरे ।

उनले कुनै बेला स्क्वेयर कट खेले त कुनैबेला हेलिकोप्टर सटका माध्यमले बललाई मैदानबाहिर पुर्याए । बल उनको ब्याटमा लागेर कुनै बेला आकाशमा हराए भने कुनैबेला दर्शकमाझ झरे । कामेन्ट्री बक्समा बसेका कमेन्टेटरले अन्तर्राष्ट्रिय क्रिकेटमा छ छक्का लगाउने बल्लेबाजका नाउँ लिए र त्यस सूचीमा दीपेन्द्रको नाउँ पनि सामेल गरे ।

दीपेन्द्रभन्दा अघि कुल पाँच ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा यो कारनामा गरिसकेका छन् । तिनमा सबैभन्दा यादगार नाउँ हो युवराज सिँहको । युवराजले यो कारनामा २००७ टी२० वल्र्डकपमा इंग्ल्यान्डका तेज गेंदबाज स्टुअर्ट ब्राँडविरुद्ध गरिसकेका छन् । टी २० मा यस्तो गर्ने युवराज पहिलो बल्लेबाज बनेका छन् । उनका अलावा वेस्ट इन्डिजका किरन पोलार्डले पनि टी२० म्याचको एक ओभरमा छ छक्का लगाएका छन् । पोलार्डले यो कीर्तिमान २०२१ मा श्रीलंकाविरुद्ध बनाएका थिए ।

वानडे क्रिकेटमा दक्षिण अफ्रिकाका हर्सल गिब्स र अमेरिकाका जसकरण सिँहले यस प्रारूपमा कमाल गरिसकेका छन् । गिब्सले निदरल्यान्डविरुद्ध र जसकरणले पपुवा न्यु गिनियाविरुद्ध एक ओभरमा छ छक्का लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH