जलसिँचन र हिलोमाटोको पर्व जुडशीतल मनाइँदै
टोलपडोस समाचारदाता
जनकपुरधाम, २ चैत ।
लोकपरम्परा र आस्थाका महापर्व जुड़शीतल आज हर्षोल्लासका साथ मनाइँदैछ । दुईदिने यो पर्व वैशाख १ गते हुने सतुआइनको भोलिपल्ट मिथिलाञ्चलका बासिन्दाले जुडशीतल मनाउने गर्छन् ।
जुड़शीतललाई प्रकृतिपर्व माएिको छ । यस पर्वमा मनुष्य, पशुपक्षी र रुखबिरुवा सबैको ख्याल गरिन्छ । मिथिलाञ्चलमा यस पर्वका खास महत्व छ ।
श्रद्धालुले जुड़शीतलका दिन स्नानपछि कुलदेवी देवतालाई बासी बरी, चामल, दही, आँपको अचार चढ़ाउने परम्परा निर्वाह गरिन्छ । यसबाट सबै किसिमका दुःखबाट छुटकारा र परिवारमां शीतलता कायम राख्न ईश्वरीय आशीर्वाद प्राप्त हुने विश्वास छ ।
जुड़शीतलका दिन परिवारका ठूलाबडाले साना उमेरका सदस्यका टाउकामा एकाबिहानबाट बासी जल राखेर ंशीतलताको आशीर्वाद दिनेगर्छन् । आज दिनभरि चुल्हो नबाली चिसो राख्ने गरिन्छ र बासी भोजनबाट चूल्होको पूजा गरिन्छ । यस पर्वको अघिल्लो दिन चनाबाट बनाइएको सातु कूलदेवतालाई चढाएर परिवारका सबै सदस्यले मिलेर खाने गर्छन् ।
रुखबिरुवामा पानी हाल्नुका साथै जुड़शीतलका दिन घरका ढोका तथा आँगनमा बासी पानी छर्कने गरिन्छ । रुखबिरुवामा पानीं हाल्नाले प्रचण्ड गर्मीबाटं जोगिएर शीतल हवा प्राप्त गर्ने कामनाका साथ वनस्पतिलाई जलसिँचन गर्ने गरिन्छ । .
यस दिन एकअर्काका शरीरमा हिलामाटो दल्ने रीति वर्षौँदेखिको छ ।