विश्वासको मत दिन सत्ता पक्षीय दल एकढिक्का छ : एमाले नेता सरोज

२०८१ बैशाख ४, मंगलवार १४:३०
मधेश प्रदेशसभामा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव । तस्बिर : अनिलकुमार कर्ण

टोलपडोस समाचारदाता
काठमाडौँ, ४ वैशाख । मधेश प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीले विश्वासको मत लिने बताएका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत नपाए संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा नेकपा एमालेले सरकार बनाउने अवसर जुर्न सक्ने चर्चाका बीच एमाले संसदीय दलका नेता सरोजले सो कुरा बताएका हुन् ।

उनले संघीय सत्ता गठबन्धनका दलहरूले एकढिक्का भएर मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताए । मुख्यमन्त्री यादवले मंगलबार बसिरहेकोे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ । जनमत र नेकपा एमालेका प्रदेशसभा सदस्यबीच चर्काचर्कीपछि बैठक अहिले केही बेरका लागि स्थगित गरिएको छ ।

एमाले संसदीय दलका नेता सरोजले मुख्यमन्त्रीले पेस गर्ने विश्वासको मत पारित हुने कुरामा कुनै संशय नरहेको ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH