मधेश प्रदेश : मुख्यमन्त्रीलाई नेकपा(एस) ले विश्वासको मत दिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख । संघीय सत्ता गठबन्धनका घटक नेकपा(एकीकृत समाजवादी) ले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।
काठमाडौंमा सत्ता गठबन्धनका नेताहरू सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपछि सो पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको हो ।
सत्ता गठबन्धनका नेताहरूबीच सहमति भएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा गरेको समर्थन फिर्ता लिएको छ ।
नेकपा(एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य रत्नेश्वर लाल गोइतले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा पार्टी लगभग पुगेको बताए ।
यसअघि पार्टी संसदीय दलका प्रमुख सचेतक कनिश पटेलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा दिने सम्भावना आधाआधा रहेको जनाएका थिए ।