मुख्यमन्त्री यादवले पाए चौथोपटक विश्वासको मत

२०८१ बैशाख ४, मंगलवार २०:५३


टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ वैशाख ।
मधेस प्रदेशसभाबाट मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् दिएका हुन् ।

प्रतिपक्षी दलहरूको सदन बहिस्कारका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरूसहभागी भएका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत प्रस्तावमा मतदान हुँदा नेपाली काँग्रेस, जनमत पार्टी र लोसपा नेपालले बहिस्कार गरेका छन् ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्रीमाथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।

प्रदेशसभा एक सय सात सदस्यीय छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH