सलहेश फुलबारीमा आज फुलायो सुनाखरी
टोलपडोस समाचांरदाता
जनकपुरधाम, ४ वैशाख । नयाँ वर्षका दिन सिरहाको लहानमा फुल्ने सलहेश(सुनाखरी) फुल मंगलबार फुलाएको छ । लहान नगरपालिकाका वडा नम्बर १२ र २२ मा पर्ने सलहेश फूलबारीमा सुनाखरी हरेक वर्ष वैशाख १ गते फुल्दै आएको थियो । तर, यसपालि भने त्यस दिन यो फुल फुलाएन ।
वैशाख १ गते सलहेश फुलबारीमा ठूलो मेला लाग्ने गर्छ । मेला भर्न आउने नेपाल र भारतका असँख्य धार्मिक पर्यटकको प्रमुख आकर्षण सुनाखरीको फुल रहँदैआएको छ ।
डिभिजन वन कार्यालय सिरहाका प्रमुख डिभिजन वन अधिकृत सुजितकुमार झाका अनुसार चाइना रेल्वे कम्पनीले सडक विस्तार गर्दै जाँदा उड्ने धुलोका कारण कोपिला ढिलोगरी परिपक्व हुनु, जलवायु परिवर्तनको प्रभाव, जंगलभित्र सिमसार क्षेत्र घट्दै जानु, सहरीकरणले चराचुरुंगी घट्दै जाँदा परागसेचनमा ढिलाइ हुनु, जंगल वरपरका खेती प्रणाली परिवर्तित हुनु र जतातता आगलागीका कारण वातावरण प्रदूषित हुनुले सुनाखरी ढिलोगरी फुलाएको हो ।