नेपाललाई ७४ रनको लक्ष्य

२०८१ बैशाख ५, बुधबार १५:३९


काठमाडौँ, ५ वैशाख(न्युज कारखाना) । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

एसिसी प्रिमियर कपअन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २–२ विकेट लिए भने ललित राजवंशी र प्रतिस जिसीले एक–एक विकेट लिए ।

गएराति वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH