आइपिएलमा आज पञ्जाव किंग्स र मुम्बई इन्डियनबीच खेल हुने

२०८१ बैशाख ६, बिहीबार ०७:३१

काठमाडौं, ६ वैशाख (न्युज कारखाना) । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हँुदैछ ।

आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।

जारी आइपिएलमा पञ्जाव किंग्स र मुम्बई इन्डियन्सको अहिलेसम्मको प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । दुवैले अहिलेसम्म खेलेका ६–६ खेलमा २–२ खेल जितेका छन् भने ४–४ खेलमा हार बेहोरेका छन् ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहे पनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा साम कुरानले पञ्जावको कप्तानी गरेका थिए ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौं भएको थियो ।

त्यस्तै मुम्बई इन्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन ।

मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH