मधेश मन्त्रिपरिषद विस्तारमा माओवादी अडान :‘खाली मन्त्रालय लिँदैनौं’

२०८१ बैशाख ६, बिहीबार १५:०१

टोलपडोस समाचारदाता

जनकपुरधाम, ६ गते । मधेश प्रदेशमा मन्त्रालयका विषयमा मत नमिलेपछि नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह र अर्का प्रदेशसभा सदस्य युवराज भट्टराईले बिहीवार विनाविभागीय मन्त्रीको शपथ लिनेभएका छन् । सोही कारणले नेकपा (एकीकृत समाजवादी) की बेचन लुङ्गेलीले पनि विनाभिागीय मन्त्रीकै रूपमा शपथ लिने सम्भावना छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा माओवादी केन्द्रका दुई र नेकपा (एकीकृत समाजवादी) का एक गरी तीनजनालाई मन्त्री बनाउने तयारी गरी आजै शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ । लोसपा नेपालले मंगलबार सरकार छाडेपछि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा नेकपा माओवादी केन्द्रका र जनमत पार्टीले सरकार छाडेपछि रिक्त श्रम तथा यातायातमा नेकपा एकीकृत समाजवादीका मन्त्री नियुक्त गर्नेगरी शपथग्रहणको कार्यक्रम राखिएको छ ।

तर, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहले मन्त्रिपरिषद् विस्तार नभई पुनर्गठन हुनुपर्ने अडान लिएपछि नियुक्त गरिन लागेका मन्त्रीहरूलाई बिनाभिागीय मन्त्री बनाई एकदुई दिनभित्रमै विभाग तय गर्न अडान लिएका छन् ।
सरकारमा सहभागी नेकपा माओवादीका सुनिता यादवलाई सरकारबाट फर्काउने तयारी छ । प्रदेश सरकारमा यादव उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री छिन् ।

नेकपा माओवादी संसदीय दलका नेता साहले खाली रहेका मन्त्रालयमा नै घटक दलबाट मन्त्री बनाइने अभ्यास गलत भएको बताए । उनले सत्तामा सहभागी सबै दलका बीच पुनर्सहमति भएर मात्र मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH