त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन फेला

२०८१ बैशाख ६, बिहीबार २३:०४
काठमाडौँ, ६ वैशाख(रासस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ ।
बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट टभ्ज्ञज्ञछज्ञको इन्डिगो एयरको सिट नं २७ र  २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए ।
उनले भने, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कुल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ ।”

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH