निजीमा पूर्णकालीन काम नगर्न डाक्टर र स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

२०८१ बैशाख ७, शुक्रबार ००:१३

टोलपडोस समाचारदाता
जनकपुरधाम, ७ वैशाख । निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत सरकारी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई त्यसो गर्नु कानुन र विधि विपरीत रहेको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले बिहीबार अपिल जारी गरी बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा मन्त्रालयअन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारी पूर्णकालीन काम गरिरहेको गुनासो प्राप्त भएको जनाउँदै सो कार्यमा संलग्न सबैलाई संयमित तथा कानुनसम्मत कार्य गरिदिन आग्रह गरेको छ ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको अपिलमा त्यसबाट पर्नसक्ने असरको जिम्मेवारी व्यक्ति स्वर्य हुने जनाइएको छ ।

तस्बिर : न्युज कारखाना

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH