छिन्नमस्ताले माटो नक्सांकन गर्ने

२०८१ बैशाख ७, शुक्रबार ००:२३

राजविराज, ७ वैशाख(न्युज कारखाना) । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यले छिन्नमस्ता गाउँपालिकाले पालिकाभित्र डिजिटल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ ।

छिन्नमस्ता गाउँपालिकाले माटो प्रयोगशाला राजविराजको सहकार्यमा सो कार्यक्रम पालिकाका सातवटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो चरणमा पालिकाका सातवटै वडामा रहेको कुल कृषियोग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीले बताए ।

’म्यापिङ्ग गरेपश्चात जग्गाको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनका किसिमलगायत विषयवस्तुको डाटा पाउँछौँ,’ अध्यक्ष चौधरीले भने, ’कुन जग्गाको अवस्था के छ, कुन जग्गामा मलखाद्यका लागि के रणनीति बनाउनुपर्छ थाहा हुन्छ।’

उनले यो कार्यले सन्तुलित मलखाद्यको प्रयोग हुने र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH