रौतहट इँटाभट्टा कान्ड : पूर्वमन्त्री आफताब आलमसहित चारलाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २०:१८
पूर्वमन्त्री आफताब आलम ।

अनिल यादव/टोलपडोस
रौतहट, १३ वैशाख ।
राजपुरको बहुचर्चित इँटाभट्टा हत्याकान्डका मुख्य आरोपी कांग्रेसका नेता पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ ।

रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।

दुईदिनको बहसपछि आज जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

अदालतले मोहम्मद अफताबसँगै उनका भाइ महताब आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ । सोही मुद्दामा जन्मकैदको सजाय हुनेमा शेष सेराज र बद्री सहनी रहेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH