लोकतन्त्र र सञ्चार एक सिक्काका दुई पाटा हुन् : मन्त्री लेखी

२०८१ बैशाख १३, बिहीबार २१:२५

 


जनकपुर, १३ वैशाख(रासस) ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकारिता क्षेत्रको दिगो विकास तथा संरक्षणका लागि मधेश प्रदेश सरकार योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताएका छन् ।

सञ्चारिका समूह नेपालद्वारा बिहीबार जनकपुरमा आयोजित नेपालमा महिला पत्रकारहरूको ‘नेतृत्व क्षमता विकास’ विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।

मन्त्री लेखीले लोकतन्त्र तथा सञ्चार क्षेत्र एक सिक्काका दुई पाटा रहेको उल्लेख गर्दै लोकतन्त्रमा पत्रकारितालाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनुपर्ने आवश्यक भएको उल्लेख गरे ।

सञ्चार क्षेत्रमा काम गर्ने पत्रकार र सञ्चारसंस्थाको संस्थागत विकासका लागि एक हप्ताभित्र मधेश–प्रदेश सरकारले बजेट, तालिम, सूचना र सुरक्षाका कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । “म मन्त्री भएको धेरै दिन भएको छैन, सबै कुरा बुझ्दै सञ्चारक्षेत्रको विकासमा लाग्नेछु”, उनले भने ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH