प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्छ : डा.महत

२०८१ बैशाख २२, शनिबार २१:०७
काठमाडौँ, २२ वैशाख (रासस) । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि अस्थिरता घातक रहेको बताए ।
प्रवक्ता डा. महतले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृत्तिलाई निस्तेज बनाउनुपर्ने धारणा राखे ।
उनले भने, “ कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”
प्रवक्ता डा. महतले समावेशिता र सहभागिता सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने धारणा राखे । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने धारणा राखे ।
कार्यक्रम युनियनका अध्यक्ष शिव लम्सालको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH