रेलसेवा तीन दिन बन्द रहने

२०८१ बैशाख २२, शनिबार २१:४८


जनकपुर, २२ वैशाख (रासस) । भारतमा हुने लोकसभा चुनावका लागि जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।

भारत मधुबनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागेकाले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

नेपाल भारत अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुवै पक्ष सम्मिलित जिल्लास्तरीय बोर्डर कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH