जसपा नेपालको केन्द्रीय समिति बैठक बस्ने

२०८१ बैशाख २७, बिहीबार १४:४४
टोलपडोस समाचारदाता
काठमाडौँ, २७ वैशाख  । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी राष्ट्रिय महाधिवेशनका विषयमा परामर्श तथा निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।
पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH