सत्ता रहोस् नरहोस् जसपा नेपाल छाडदिनँ : मुख्यमन्त्री यादव

२०८१ बैशाख २८, शुक्रबार १०:४०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : अनिल

टोलपडोस समाचारदाता
जनकपुरधाम, २८ वैशाख ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले कुनै पनि हालतमा उपेन्द्र यादवनेतृत्वको जसपा नेपाल नछाड्ने बताएका छन् । उनले आफ्ना लागि मुख्यमन्त्री पदभन्दा महत्वपूर्ण पार्टी रहेकाले पार्टी हितका लागि सत्ता परित्याग गर्न अप्ठ्यारो नमान्ने उल्लेख गरे ।

शुक्रबार टोलपडोससँग कुरा गर्दै मुख्यमन्त्री यादवले पार्टीबाट अलग्गिएर गएकाहरूले आफूसँग कुनै पनि विषयमा कुरा गर्न सम्पर्क नगरेको जनाए । उनले भने, ‘जसपा नेपालप्रति मेरो अविचल निष्ठा र समर्पणका कारणले पनि अन्यत्र जाने विषयमा मसँग कुरा गर्ने आँट कसैले गर्न सक्दैनन् ।’

उनले आफ्नो राजनीतिक पृष्ठभूमि मधेशकेन्द्रित दलसँग जोडिएको र आफू मधेशवादमा आधारित राजनीतिक सिद्धान्त र व्यवहार अनुरूप सधैँ हिँड्ने भएकाले मधेशवादी राजनीति गर्ने जसपा नेपाल रोजाइमा परेको प्रस्ट्याए ।

‘मेरो करिअरमा म सदैव मधेशवादी दलमै रहे । अहिले आएर अन्य आस्था भएका दलमा जाने कुरा नै हुँदैन,’ मुख्यमन्त्री यादवले भने ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH