प्रधानमन्त्री दाहालले थाले काँग्रेस नेतासँग छलफल
काठमाडौं, ३० वैशाख(न्युज कारखाना) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापतिसहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरू सहभागी छन् ।
प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि काँग्रेससँग छलफल सुरु गरेका हुन् । सरकारले काँग्रेसलाई सबै समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ ।
काँग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । काँग्रेसले शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको थियो ।
काँग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।