मधेश प्रदेश : नेकपा(एस) सरकारमै रहने

२०८१ बैशाख ३०, आईतवार १६:१५

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा(एस) सरकारमै रहने भएको छ । केन्द्रीय सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने भएका बेला सत्तारुढ दल नेकपा (एस) सरकारमै रहने भएको हो ।

नेकपा (एस) को संसदीय दलका नेता एवम् प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दप्रसाद न्यौपानेले आफूहरूले तत्काल सरकार नछाड्ने बताए । नेकपा (एस) संघ सरकारमा सहभागी पार्टी हो ।

संघीय सत्ता समीकरणमा फेरबदल भएर नेकपा एमाले सम्मिलित भएपछि पनि पुनर्गठित सरकारमा नेकपा(एस) का तर्फबाट मन्त्री रहेका न्यौपानेले निरन्तरता पाएका थिए भने पुनर्गठित मन्त्रिपरिषद्मा सो पार्टीका प्रदेशसभा सदस्य बेचन लुङ्गेली बिनाविभागीय मन्त्रीको शपथ लिई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH