मधेश प्रदेश : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

२०८१ बैशाख ३०, आईतवार १६:२७


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । एउटै पत्रमार्फत दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

बिनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले राजीनामा दिएका छन् ।

सत्तारुढ दलका दुई मन्त्रीको राजीनामापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH