मधेश प्रदेश : एमाले र माओवादी गठबन्धनमा जनमत र लोसपा पनि
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारको विकल्पमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपा नेपालसहितको गठबन्धन सरकार बनाउने तयारी सुरु भएको छ ।
जसपा नेपालको संसदीय दलका नेता एवम् मुख्यमन्त्री सरोजकुमार यादव सरकारबाट नेकपा माओवादी बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि ती दलहरूका बीच वैकल्पिक सरकारका विषयमा परामर्श भएको छ ।