मधेश प्रदेश : एमालेका मन्त्रीहरूले दिए राजीनामा

२०८१ बैशाख ३०, आईतवार १८:००

टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
नेकपा एमालेले मधेश सरकारबाट बाहिरिएको छ । जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा पार्टीका तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री सहभागी थिए ।

एमालेका तर्फबाट सरकारमा सहभागी प्रदेश सरकारको दोस्रो वरीयतामा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरी, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, शिक्षा तथा सँस्कृति मन्त्री प्रमोदकुमार जायसवाल, स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदा थापाले आज राजीनामा दिएका हुन् ।

प्रदेशसभाका सबैभन्दा ठूलो दल एमाले हो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH