मधेश प्रदेश : नेकपा एमालेले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३० वैशाख ।
मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी संसदीय दलको कार्यालयले प्रदेश प्रमुखलाई पत्र बुझाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि नेकपा एमालेले दिएको समर्थन आजकै मितिबाट समर्थन फिर्ता लिइएको जानकारी गराएको छ ।
यसअघि एमालेका तर्फबाट सरकारमा सहभागी प्रदेश सरकारको दोस्रो वरीयतामा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरी, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, शिक्षा तथा सँस्कृति मन्त्री प्रमोदकुमार जायसवाल, स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन राज्यमन्त्री शारदा थापाले आज राजीनामा दिएका थिए ।
सत्तारुढ दलका दुई मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।