जेठ ५ बाट तीन दिन रेलसेवा बन्द हुने
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ जेठ ।
सीमावर्ती भारतीय जिल्ला मधुबनीमा संसदीय चुनावका क्रममा मतदान हुने भएकाले नेपाल रेल्वे कम्पनी लिमिटेडको भङ्गहा–जनकपुर–जयनगर खण्डमा सञ्चालन हुने यात्रुवाहक रेलसेवा जेठ ५ गतेदेखि तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाका अनुसार जेठ ७ गते भारतीय लोकसभाको मधुबनी संसदीय क्षेत्रमा चुनाव रहेकाले ७२ घन्टाका लागि नेपाल–भारत सीमा बन्द गर्ने सीमावर्ती जिल्ला समन्वय समितिको निर्णय भएअनुसार जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमबारसम्म रेलसेवा बन्द गरिनेछ ।
सो रेलसेवा आगामी मंगलबारबाट सुचारु हुनेछ ।