मधेश प्रदेश : जनमत नेतृत्वमा पाँच दलको सरकार बन्ने सहमति
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ जेठ ।
जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन ।
जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा(एकीकृत समाजवादी) सम्मिलित हुने संघीय नेताहरूबीच सहमति भएको हो । जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने तय छ ।
जनमत पार्टीको संसदीय दलका नेता यादवले नयाँ सरकार गठनका लागि पाँच दलबीच सहमति भएको पुष्टि गरे । उनले सरकारको नेतृत्वका विषय संघीय तहमा सहमति भए पनि यसको स्वरूप र संरचनाका बारेमा थप निक्र्योल दलहरूले प्रादेशिक तहबाटै गर्ने जानकारी दिए ।
जनमत पार्टीको संसदीय दलका नेता यादवले पाँच नयाँ सरकारबारे दलबीच सहमति भएको पुष्टि गरे । उनले सरकारको नेतृत्वका विषय संघीय तहमा सहमति भए पनि यसको स्वरूप र संरचनाका बारेमा थप निक्र्योल दलहरूले प्रादेशिक तहबाटै गर्ने जानकारी दिए ।
नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले सहमतिअनुसार माओवादीले अर्थसहितका मन्त्रालय पाउने पक्का भएको जानकारी दिए । उनले मन्त्रालय बाँडफाँडका विषयमा सरकारमा सहभागी हुने दलका बीच शनिबार छलफल हुने बताए ।
सहमति गरेका पाँच दलले शनिबार मन्त्रालय बाँडफाँडका विषय टुंगो लगाएर तथा प्रदेशसभा सदस्यका हस्ताक्षर संकलन गरी आइतबारसम्म सरकार बनाउनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नेछन् ।
माओवादी संसदीय दलका नेता साहले पाँचदलीय सहमतिपछि मौजुदा प्रदेश सरकार अल्पमतमा परेको र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले आफूहरू बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बताए ।