भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीको उद्धार
विपिन यादव/टोलपडोस
जनकपुरधाम, ५ जेठ ।
भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीको सशस्त्र प्रहरी र माइती नेपालले संयुक्त रूपमा उद्धार गरेको छ ।
सशस्त्र प्रहरी रेल्वे सुरक्षा बल धनुषा र माइती नेपाल धनुषाले भङ्गहा-जनकपुर-जयनगर रेल्वेबाट भारत जादै गरेको अवस्थामा जनकपुरधाम रेल्वे स्टेसनबाट उनीहरूको उद्धार गरेका हुन् ।
सिरहाको कर्जन्हा नगरपालिका ४ बन्दीपुरकी १७ वर्षीय अनुकुमारी मुखिया, कर्जन्हा नगरपालिका ३ टिकापुरकी १५ वर्षिय सरस्वती दास र कर्जन्हा नगरपालिका ३ का १८ वर्षका शिवशेखर मुखिया र कर्जन्हा नगरपालिका ३ का संजयकुमार दासलाई उद्धार गरिएको सशस्त्र प्रहरी नं.८ गण धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए ।
उद्धार गरिएका युवक र युवतीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको छ ।