मधेश प्रदेश : नेकपा(एस) ले लियो सरकारलाई दिएको समर्थन फिर्ता

२०८१ जेष्ठ २२, मंगलवार १९:३३

टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी) ले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेको नेतृत्वमा पुगेको दलका सदस्य सम्मिलित टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मौजुदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मंगलबार साँझ बुझाएको छ ।

यससँगै प्रदेशको जसपा नेपाल नेतृत्वको सरकारबाट गठबन्धन दलका सबै घटक सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री सरोजकुमार यादवले भोलि जेठ २३ गते विश्वासको मत लिने प्रदेशसभामा कार्यसूची छ ।

नेकपा(एकीकृत समाजवादी) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना निकै दुर्बल बनेको छ । यद्यपि मुख्यमन्त्री यादवले सदनमा विश्वासको मत प्रस्ताव गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH