मधेश प्रदेशसभाको बैठकमा सरकार अनुपस्थित, १० मिनेटका लागि बैठक स्थगित

२०८१ जेष्ठ २३, बुधबार १६:१६

टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको मधेश प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा सरकारका तर्फबाट कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक स्थगित गरिएको हो । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको कार्यसञ्चालन नियमावलीको २०७५ को नियम ६ को उपनियम ६ मा प्रदेशसभाको बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुने व्यवस्था रहेकाले बैठकमा प्रदेश सरकारको कुनै पनि मन्त्री उपस्थित नभएकाले १० मिनेटका लागि बैठक स्थगन भएको जानकारी दिए ।

यसअघि बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका प्रदशसभा सदस्य वीरेन्द्रप्रसाद सिँहले प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार बैठकमा सरकार अनुपस्थित रहेको भन्दै बैठक स्थगित गर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH